मेगा बैंकको लाभांश परिमार्जन, नगद घट्यो

काठमाडौं । मेगा बैंक नेपालले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट घोषणा गरेको लाभांश परिमार्जन भएको छ । मेगाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले परिमार्जन गर्दै  स्वीकृत गरेको हो ।

बैंक संचालक समितिको कात्तिक २९ गते बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ३.८३ (करसहित)नगद गरी कुल ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

राष्ट्र बैंकले उक्त प्रस्ताव संशोधन गर्दै नगद लाभांश ०.०४ प्रतिशत घटाएको हो । राष्ट्र बैंकको स्वीकृति अनुसार अब मेगाले ४ बोनस सेयर र ३.७९ प्रतिशत नगद गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्न पाउँछ ।

उक्त लाभांश अब बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

नियामकीय अपरिपक्वताले अर्थतन्त्रमा संकट निम्तियो : अध्यक्ष गोल्छा Read Previous

नियामकीय अपरिपक्वताले अर्थतन्त्रमा संकट निम्तियो : अध्यक्ष गोल्छा

कालिञ्चोक दर्शनको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

कालिञ्चोक दर्शनको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?