कालिञ्चोक दर्शनको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज (बिहान १० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल २ लाख २८ हजार कित्ता आइपीओ विक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले कम्पनीको आइपीओमा मंसिर २८ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले विक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालय, मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

मेगा बैंकको लाभांश परिमार्जन, नगद घट्यो Read Previous

मेगा बैंकको लाभांश परिमार्जन, नगद घट्यो

माया खोला हाइड्रोपावरले मंसिर २३ देखि आइपीओ निष्काशन गर्ने Read Next

माया खोला हाइड्रोपावरले मंसिर २३ देखि आइपीओ निष्काशन गर्ने