स्मार्ट च्वाइस र एभरेष्ट बैंक स्मार्ट क्यूआर भुक्तानी संचालन गर्न सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र एभरेष्ट बैंक बाीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरे ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंक बीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग प्रयोगकर्ताले ईबीएल टच ट्वान्टीफोर एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने एभरेष्ट बैंक मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।

ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीच मार्फत कारोबारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

इन्भेष्टमेन्ट र मेगा बैंकले गरे मर्जर सम्बन्धी अन्तिम सम्झौता Read Previous

इन्भेष्टमेन्ट र मेगा बैंकले गरे मर्जर सम्बन्धी अन्तिम सम्झौता

नेप्सेमा झिनो अंकको सुधार, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा झिनो अंकको सुधार, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी