काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । दुवै बैंक बीच मंगलबार मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।
यी दुवै बैंकले गत जेठ २७ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए भने राष्ष्ट्र बैंकले असार २२ गते मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो ।
मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ रहने छ । इन्भेष्टमेन्टले मेगा बैंकलाई १००ः९० सेयर अनुपातमा गाभ्न लागेको हो ।
दुई बैंक एक आपसमा मर्जर भई बन्ने नयाँ बैंक अधिकांश सूचकका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्नेछ । यसको पूँजीकोषको आकार ५० अर्ब माथि पुग्नेछ ।