नेप्सेमा झिनो अंकको सुधार, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । सोमबार १५ अंकले घटेको नेप्से आज झन्डै ३ अंकले बढेको हो ।

सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५४ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ ।

मंगलबार नेप्से २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको छ । यसदिन २३५ कम्पनीको ९५ करोड ७० लाख रुपैयाँ बढीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ उपसमूहको परिसूचक घटेको छ भने ७ उपसमूहको बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ९ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक सवा ४ करोड र शिवम् सिमेन्ट ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

न्यून अंकले बढेको बजारमा आज धौलागिरी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.१० प्रतिशत कमाएका छन् । त्यस्तै, एनसीसी बैंक ५.०५, एनआइसी एसिया सेलेक्ट फण्ड ४.१८, गुह्येश्वरी मर्चेन्ट ४.०३, खप्तड लघुवित्त ४.०२, कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, बलेफी हाइड्रोपावर र हिमाल दोलखाको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

स्मार्ट च्वाइस र एभरेष्ट बैंक स्मार्ट क्यूआर भुक्तानी संचालन गर्न सम्झौता Read Previous

स्मार्ट च्वाइस र एभरेष्ट बैंक स्मार्ट क्यूआर भुक्तानी संचालन गर्न सम्झौता

१५ वर्षपछि भरिँदै भैरहवा सेज, २४ उद्योगसँग सम्झौताको तयारी Read Next

१५ वर्षपछि भरिँदै भैरहवा सेज, २४ उद्योगसँग सम्झौताको तयारी