९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, कुन बैंकले के गल्ती गरे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ९ वाणिज्य बैंक कारबाहीम परेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ९ बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागका अनुसार बैंक अफ काठमाडौं लिमिटेड र कृषि विकास बैंकलाई नगद जारिवना गरिएको छ भने अन्य बैंकहरुलाई सचेत गराएको छ ।

सम्पत्ति शुद्धिकरणको ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै कृषि विकास बैंकलाई राष्ट्र बैंकले जरीवाना गरेको हो । प्रभु बैंक, कुमारी बैंक, बीओके र प्राइम कमर्सियल बैंकले रोक्का राख्न निर्देशन दिएका खातामा कारोबार गरेकोले बैंकका सीईओलाई सचेत गराएको जनाएको छ ।

यसैगरी, हिमालयन बैंक, ग्लोबल आइएमइ बैंक, सनराइज र मेगाा बैंकले कर्जा सम्झौता विपरित प्रिमियम बढाएकाले सुपरिवेक्षण विभागले सचेत गराएको छ ।

 

टाटाका विद्युतीय गाडी किन्न एभरेष्ट बैंकले ८०% सम्म ऋण दिने, ब्याजदर कति ? Read Previous

टाटाका विद्युतीय गाडी किन्न एभरेष्ट बैंकले ८०% सम्म ऋण दिने, ब्याजदर कति ?

अब स्पीडमा सवारी साधन चलाए अनिवार्य सचेतना कक्षा लिनुपर्ने Read Next

अब स्पीडमा सवारी साधन चलाए अनिवार्य सचेतना कक्षा लिनुपर्ने