अब स्पीडमा सवारी साधन चलाए अनिवार्य सचेतना कक्षा लिनुपर्ने

काठमाडौं । अब तीव्र गतिमा सवारीसाधन चलाए अनिवार्य रुपमा १ घण्टा सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ देखि यस्तो व्यवस्था गर्न लागेको हो ।

दूर्घटना न्यूनीकरण गर्नका लागि तोकिएको भन्दा तीव्र गतिमा सवारी चलाउनेलाई कारबाही स्वरुप सचेतना कक्षा लिनुपर्ने व्यवस्था गर्न लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, अब दर्ता नगरिएका इलेक्ट्रीक सवारी साधन चलाएमा पनि कारबाही हुने भएको छ । ट्राफिक प्रहरीले यातायात कार्यलयमा दर्ता नभएका इलेक्ट्रीक सवारी साधन चलाएको पाइएमा कारबाही गर्ने भएको हो ।

ट्राफिक प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुने पनि इलेक्ट्रीक स्कुटर, मोटरसाइकल लगायतका सवारीसाधनहरू समेत अनिवार्य रूपमा दर्ता हुनुपर्ने प्रावधान रहेको बताए ।

‘विद्युतीय स्कुटर, मोटरसाइकललगायतका सवारीसाधनहरू समेतअनिवार्यरूपमा दर्ता हुनुपर्ने प्रावधान रहे पनि धेरैजसो दर्ताबिना नै सञ्चालनमा ल्याएको पाइएको छ। त्यस्ता सवारीसाधन बिनादर्ता सञ्चालनमा ल्याए कारबाही गरिनेछ,’ उनले भने। नम्बरप्लेट नलिई, हेलमेट नलगाई इलेक्ट्रीक स्कुटहरु चलाएको पाइएमा कारबाही गरिने उनले बताए ।

९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, कुन बैंकले के गल्ती गरे ? Read Previous

९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, कुन बैंकले के गल्ती गरे ?

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा १०० मेगावाट सौर्य बिजुली किन्ने, भाउ भने घटायो Read Next

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा १०० मेगावाट सौर्य बिजुली किन्ने, भाउ भने घटायो