काठमाडौं । टाटाका विद्युतीय गाडी किन्न एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंकबीच सोबार व्यावसायिक सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकले टाटाका विद्युतीय गाडी खरिद गर्दा १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने छ ।
बैंकका अनुसार यो कर्जा व्यक्तिगत र संस्थागत दुवै पाउने छन् । यो सुविधा एभरेष्ट बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।
सिप्रदीले हाल नेपालमा टाटाका नेक्सन र टिगोर ईभी कार विक्री गर्दै आएको छ ।