प्रभु बैंकको लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको ८ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकले सोमबार स्वीकृत गरेको प्रभु बैंकले जनाएको छ ।

प्रभुको मंसिर १ गते बसेको सञ्चालक समितिले गत आवको नाफाबाट ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

उक्त लाभांश अब बैंकको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । बैंकले सभाको मिति भने अझै तोकेको छैन ।

स्याउ बेचेरै मुस्ताङले कमायो ५० करोड Read Previous

स्याउ बेचेरै मुस्ताङले कमायो ५० करोड

टाटाका विद्युतीय गाडी किन्न एभरेष्ट बैंकले ८०% सम्म ऋण दिने, ब्याजदर कति ? Read Next

टाटाका विद्युतीय गाडी किन्न एभरेष्ट बैंकले ८०% सम्म ऋण दिने, ब्याजदर कति ?