काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (मंसिर १३ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्र्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले सो लाभांश पारित गर्न मंसिर २६ गते २८ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे सुरु हुनेछ।
बैंकको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।