झन्डै दोब्बरले बढ्यो लघुवित्तहरूको खराब कर्जा, ८ प्रतिशतसम्म पुग्यो, कुनको कति ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ह्वात्तै बढेको छ । आर्थिक गतिविधि चलायनमान नहुँदा ऋणीको ऋण तिर्ने क्षमतामा गिरावट आउँदा लघुवित्त कम्पनीहरूको खराब कर्जा झन्डै दोब्बरले बढेको हो ।

गत वर्षको पहिलो त्रैमासमा औसतमा २ प्रतिशतभन्दा कम रहेको लघुवित्तहरूको खराब कर्जा चालु आवको सोही अवधिमा साढे ३ प्रतिशत नाघेको छ ।

चालु आवको पहिलो त्रैमासमा लघुवित्त कम्पनीहरूको औसत खराब कर्जा ३.६३ प्रतिशत रहेको छ । बैंकिङ प्रणालीमा कायम तरलता अभाव र ब्याजदर वृद्धिका कारण लघुवित्तहरूको नाफामा भारी गिरावट आएको छ ।

गत वर्षको तुलनामा लघुवित्तहरूको नाफा औसतमा ३९ प्रतिशतले घटेको छ । एकातिर नाफामा भारी गिरावट आउनु र अर्कोतिर समयमै ऋण असुल हुन नसक्दा लघुवित्तहरू समस्यामा पर्न थालेका छन् ।

ऋण असुल्न नसकेपछि लघुवित्तहरूको खराब कर्जा बढेको हो । घटेको नाफाबाट पनि असुल हुन नसकेको कर्जा बापतको रकम प्रोभिजनिङ गर्नुपरेकाले नाफामा ठूलो असर पिरेको छ ।

स्रोत अभावले कर्जा विस्तार गर्न नपाउँदा चालु आर्थिक वर्षको पहिलो त्रैमासमै लघुवित्त वित्तीय संस्था, विकास बैंक र वाणिज्य बैंकको नाफा घटेको छ भने खराब कर्जा बढेको छ । ब्याजदर वृद्धिले लगानी गरेको कर्जा रिकर्भर गर्न नसक्दा खराब कर्जाको सूचक पनि माथि उक्लीएको प्रकाशित संस्थाहरूका वित्तीय विवरणले देखाउँछ ।

आफ्नै स्रोत भएका ठूला वित्तीय संस्थाहरूमा यस्तो समस्या कम देखिएपनि अरु संस्थामा निर्भर रहने लघुवित्त वित्तीय संस्थालाई भने गम्भीर धक्का लागेको छ । एकदर्जन बढी लघुवित्त वित्तीय संस्थाहरू घाटामा गएका छन भने तीन दर्जन बढी संस्थाहरूको नाफा घटेको छ ।

कुनको कति छ ?

व्यवसायिक संकटमा रहेका लघुवित्त वित्तीय संस्थाहरूको औसत खराब कर्जा ३.६३ प्रतिशत छ । केही कम्पनी शून्य प्रतिशत रहेको छ भने केहीको ८ प्रतिशतसम्म रहेको छ । एक दर्जन बढी लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ५ प्रतिशत भन्दा माथि छ ।सामान्यतया खराब कर्जा ५ प्रतिशत माथि पुगेपछि संस्थाको वित्तीय स्वस्थ्य राम्रो मानिँदैन । सकीक्षा अवधिमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको खराब कर्जा सर्वाधिक ७.८५ प्रतिशत पुगेको छ ।

त्यस्तै, वीन नेपाल लघुवित्तको ७.६७ प्रतिशत खराब कर्जा पुगेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ७.१४ प्रतिशत पुगेको छ । यसैगरी, ४ लघुवित्तको खराब कर्जा ५ देखि ६ प्रतिशतको बीचमा छ भने डेढ दर्जनको ४ प्रतिशत बढी रहेको छ ।

एक दर्जनका २ प्रतिशत बढी, एक दर्जन बढीको २ प्रतिशत माथि खराब कर्जा रहेको छ । सार्र्वजनिक वित्तीय विवरण अनुसार फष्र्ट माइक्रो फाइनान्स कम्पनीको खराब कर्जा सबैभन्दा कम शून्य रहेको छ ।

संस्थाहरूको ५ प्रतिशतभन्दा बढी खराब कर्जा पुगे जोखिम मानिन्छ । जसले संस्थाको व्यवसायिक संकट निम्त्याउँने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई १५ प्रतिशत कर्जाको ब्याजदरको क्याप लगाएको छ । वाणिज्य बैंकको १५ प्रतिशत बढी निक्षेपकै ब्याजदर पुगेको छ । संस्थाहरूको वित्तीय स्रोत बैंकहरू भएकाले महंगोमा कर्जा लिएर सस्तोमा लगानी गर्दा व्यवसायिक संकट आएको उनीहरूको भनाइ छ ।

 

फास्ट ट्रयाकको ठेक्का चिनियाँलाई नदिन माग गर्दै भारतीय कम्पनीद्धार मुद्दा दायर Read Previous

फास्ट ट्रयाकको ठेक्का चिनियाँलाई नदिन माग गर्दै भारतीय कम्पनीद्धार मुद्दा दायर

माइक्रोफाइनान्स चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

माइक्रोफाइनान्स चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी