काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार ११ अंकले बढेको नेप्से आज उच्च अंकले बढेको हो ।
सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । गत साता औसतमा दैनिक १ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज २ अर्ब नाघेको छ ।
आइतबार नेप्से ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको छ । यसदिन २३३ कम्पनीको २ अर्ब २ करोड रुपैयाँ बढीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । माइक्रोफाइनान्सका समूह सबैभन्दा धेरै ३.०७ प्रतिशतले बढको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक १२ करोड र नेपाल टेलिकम पौने १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज डिप्रोक्स लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.२१ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन विकास लघुवित्त ७.४३, कुमारी बैंक ६.७७, ग्रीन लाइफ हाइड्रोपावर ६.५७, नेष्ढा लघुवित्त ६.५४, सीईडीबी हाइड्र ६.४९, धौलागिरि लघुवित्त ६.०९, पञ्चकन्या माइ, माउन्टेन, श्वेत गंगा हाइड्रोपावर लगायत आधा दर्जन कम्पनीको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।