काठमाडौं । एक आपसमा मर्जरमा जाने सम्झौता गरेका कुमारी बैंक र एनसीसी बैंकले विशेष साधरण सभा डाकेका छन् ।
मर्जर प्रस्ताव पारित गर्न दुवै बैंकले मंसिर २५ गते एकैदिन विशेष साधारण सभा बोलाएका हुन् । दुवै बैंकले सभामा मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
कुमारी बैंकको सभा नक्साल कार्यलयमा दिउँसो १ बजे सुरु हुनेछ भने एनसीसी सभा अनमोल बैंक्वेट शंखमूल काठमाडौंमा दिउँसो १ बजे नै सुरु हुनेछ । दुवै बैंकले सभा प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज तोकेका छन् ।
यस्तै, सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १:१ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने प्रस्ताव पनि लग्ने भएका छन् ।
दुवै बैंकले मर्जपछि जारी पूँजी, चुक्ता पूँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायत प्रस्ताव लैजाने भएका छन् ।