काठमाडौं । अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई २६ हजार ५८८ मतान्तरले पराजित गरेका हुन् ।
शर्माले ३९ हजार ५४९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार ९६१ मत प्राप्त गरे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कुल ५७ हजार २९५ सदर मत खसेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले ७९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत प्राप्त गरेका थिए ।