लामा कन्स्ट्रक्सनले पायो साँगा-धुलिखेल सडक विस्तारको ठेक्का, लागत साढे ४ अर्ब

सांकेतिक तस्वीर

काठमाडौं । साँगा–धुलिखेल सडक विस्तारको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडकको पहिलोखण्ड (साँगा–धुलिखेल सडक) विस्तार गर्न लामाले ४ अर्ब ५६ करोड रुपैयाँमा ठेक्का पाएको हो ।

हाल दुई लेनमा रहेको यस सडक विस्तार गरी कम्तीमा ४ लेनको बनाउन लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले भदौ १५ गते गरेको बोलपत्र आह्वानमा आशिष कन्स्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, लामा कन्स्ट्रक्सन, शर्मा एण्ड कम्पनीसहित ५ कम्पनीले आवेदन दिएका थिए ।

तीमध्ये सबैभ्न्दा कम आर्थिक प्रस्ताव गर्ने लामा कन्स्ट्रक्सनले ठेक्का हात पारेको हो । आयोजनाले उक्त खण्ड विस्तार गर्न ४ अर्ब ८९ करोड रुपैयाँ लागत अनुमान गरे पनि लामाले सोभन्दा ३३ करोड कममा ठेक्का लिएको हो ।

ठेक्का पाउने निर्माण व्यवसायीले अबको ३ वर्षभित्र निर्माण पूरा गर्नुपर्ने छ । साथै, निर्माण सम्पन्न भएको १ वर्षसम्म मर्मतसम्भार गर्नुपर्नेछ ।

जापानी सहयोग नियोग जाइकाले हात झिकेपछि सरकारले आफ्नै स्रोतमा निर्माण गर्नेगरी काम अगाडि बढाएको हो । यसै, सडकको दोस्रो खण्ड सूर्यविनायक–साँगा खण्डको पनि ठ्क्का आह्वान भइसकेको छ ।

सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक काठमाडौं आउजाउ गर्दछन् ।

उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुन्छ ।

मर्जर प्रस्ताव पारित गर्न कुमारी र एनसीसीले डाके विशेष साधरण सभा, बुकक्लोज कहिले ? Read Previous

मर्जर प्रस्ताव पारित गर्न कुमारी र एनसीसीले डाके विशेष साधरण सभा, बुकक्लोज कहिले ?

जगदम्बा इन्टरप्राइजेज बन्यो प्राधिकरणकाे सबैभन्दा ठूलो ग्राहक, ४८ मेगावाट बिजुली लिने Read Next

जगदम्बा इन्टरप्राइजेज बन्यो प्राधिकरणकाे सबैभन्दा ठूलो ग्राहक, ४८ मेगावाट बिजुली लिने