
काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंसिर ७ गते बसेको बैठकले सेयरधनीलाई १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ नगद गरी कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।