युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर ७ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते १३ औं वार्षिक साधरण सभा बोलाएको छ । उक्त सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि मंसिर १६ गते बुकक्लोज तोकेको छ । सो अनुसार मंसिर १५ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

साइन रेसुंगा बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो Read Previous

साइन रेसुंगा बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो

रवि लामिछाने बने सबैभन्दा धेरै मतान्तरले विजयी हुने सांसद Read Next

रवि लामिछाने बने सबैभन्दा धेरै मतान्तरले विजयी हुने सांसद