काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन-२ बाट ३४ हजार बढी मतान्तरले विजयी भएका छन् ।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार रविले निकटतम प्रतिस्पर्धीलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन् ।
रविले पाएको मतान्तर यस चुनावकै सर्वाधिक हो । यसअघि नेमकिपाका प्रेम सुवालले भक्तपुर १ मा निकटतम प्रतिस्पर्धीलाई ३१ हजार बढी मतान्तरले हराएका थिए ।
रविले ४९ हजार २६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए । तेस्रो भएका नेकपा एमलेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन्