काठमाडौं । अब नेपालको सडकमा भएको ट्राफिक अवस्था पनि लाइभ हेर्न मिल्ने भएको छ । गुगलले १५ वर्षअघि सुरु गरेको लाइभ ट्राफिक सुविधा नेपालमा पनि देखाउन सुरु थालेको हो।
गुगलले नेपालमा लाइभ ट्राफिक सुविधा देखाउन थालेसँगै अब शहरी क्षेत्रको मात्र नभएर मुख्य राजमार्गको ट्राफिक अवस्था समेत गुगल म्यापमा हेर्न सकिने भएको छ ।
गुगलले पछिल्लो अपडेट मार्फत नेपालमा यो ट्राफिक लाइभ सुविधा विस्तार गरेको हो। गुगलले सन् २००७ मा पहिलोपटक सडकको रियल टाइम ट्राफिक अवस्था देखाउने फिचर थपेको थियो।
कसरी हेर्ने लाइभ ट्राफिक अवस्था ?
प्रयोगकर्ताले कुनै निश्चित गन्तव्य तय गरी नेभिगेसन सुरु गर्दा गुगल म्यापमा डकको ट्राफिक अवस्थाको जानकारी देखिन्छ।
यस फिचरले निलो रङले जाम नभएको, पहेँलो रङले सडक व्यस्त अर्थात सवारीहरूको संख्या धेरै भए पनि चलिरहेको र रातो रङले ट्राफिक जाम भइरहेको बुझाउँछ।