काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन् ।
उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले पराजित गर्दै जित हात पारेकी हुन् ।
बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । उनलाई पछ्याएका खड्काले १२ हजार ९६३ मत पाए ।
तेस्रो भएकी ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।