३ खर्ब बराबरको १ हजार दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ।

 

राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेशनसँग ३ खर्ब १० करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्नको लागि सम्झौता गरेको छ ।

 

राष्ट्र बैंकले असोज १२ गते चाइना बैंक नोट प्रिन्टिङसँग ९१ लाख ९० हजार अमेरिकी डलर लागतमा १ हजार रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने सम्झौता गरेको जनाएको छ।

 

सम्झौता अनुसार चाइना बैंक नोट प्रिन्टिङ कम्पनीले नोटको डिजाइन, छपाई तथा आपूर्ति समेत गर्नुपर्नेछ ।

 

अब पूँजीगत लाभकर गणना गर्न ब्रोकरमा जानु नपर्ने Read Previous

अब पूँजीगत लाभकर गणना गर्न ब्रोकरमा जानु नपर्ने

रेष्टुरेन्ट व्यवसायमा वैदेशिक लगानी बढ्दो, अधिकांशमा चिनियाँ लगानी Read Next

रेष्टुरेन्ट व्यवसायमा वैदेशिक लगानी बढ्दो, अधिकांशमा चिनियाँ लगानी