अब पूँजीगत लाभकर गणना गर्न ब्रोकरमा जानु नपर्ने

काठमाडौँ। अब भारित औसत लागत विधिबाट पूँजीगत लाभकर गणना गर्न ब्रोकर कार्यालयमा जानु नपर्ने भएको छ ।

 

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले मेरो सेयर सफ्टवेयरबाटै गणना गर्ने प्रणाली मंगलबारदेखि कार्यान्वयनमा ल्याएपछि लगानीकर्ताले ब्रोकर कार्यालय जानु नपर्ने भएको हो।

 

यो प्रणालीसँगै लगानीकर्ताले अनलाइनबाटै भारित औसतको लागत गणना गर्न सक्छन्। तर अनलाइन प्रयोग नगर्ने लगानीकर्ताले भने ब्रोकर कार्यालयकै सहयोग लिनुपर्ने सीडीएससीले जनाएको छ।

 

लगानीकर्ताले हितग्राही खातामा रहेको सेयरलाई मेरो सेयरमा रहेको भारित औसत गणना गर्ने फिचर्स मार्फत गणना गर्न सक्ने छन्।

 

सीडीएससीले सेयर बिक्री गरेपछि इडीआइएस सँगै मूल्य समेत आफैं जाने गरी प्रणालीको विकास गरेको छ। यसअनुसार भारित औसत लागत गणना नगरी अब लगानीकर्ताले इडीआइएस पठाउन सक्दैनन्। भारित औसत गणना गर्दा फिचर्सलेनै मूल्य सुझाउने छ।

 

यस अघि लगानीकर्ताले भारित औसत गणना गर्न ब्रोकर कार्यालय जानु पर्ने प्रावधान रहेको थियो।

अमेरिकी प्रतिबन्धको बाबजूद हुवावेको आम्दानी २४ प्रतिशतले वृद्धि Read Previous

अमेरिकी प्रतिबन्धको बाबजूद हुवावेको आम्दानी २४ प्रतिशतले वृद्धि

३ खर्ब बराबरको १ हजार दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई Read Next

३ खर्ब बराबरको १ हजार दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई