इरानले विश्वकपभर कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै

काठमाडौं । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले जानकारी दिएका छन् ।

इरानले दुई देशबीचको सम्झौता अनुसार कतारमा केही ढुवानी सुरु गरिसकेको इरानको आइआरआइबी समाचार एजेन्सीले टीपीओका अध्यक्ष अलिरेजा पेमनपाकलाई उद्धृत गर्दे उल्लेख गरेको छ।

कतार लगायत छिमेकीहरूसँगको व्यापार बढाउनु वर्तमान इरानी सरकारको मुख्य दृष्टिकोण रहेको पेमनपाकले जोड दिएका छन्।

पेमनपाकले भने यसअघि इरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा आंशिक रूपमा समाधान भइसकेको भए पनि अन्य समस्याका कारण अपेक्षाकृतरूपमा विकास हुन सकेको छैन।

उनले इरान र कतारले आफ्नो वार्षिक द्विपक्षीय व्यापार कारोबारलाई ३ अर्ब अमेरिकी डलरमा पुर्याउने रोडम्याप तयार गरेको पनि बताएका छन् ।

४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? Read Previous

४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं-४ : गगन साढे ५ हजार मतले अगाडि Read Next

काठमाडौं-४ : गगन साढे ५ हजार मतले अगाडि