काठमाडौं । मंसिर ४ गते भएको संघीय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ ।
प्रतिनिधि सभाअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ४ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
सार्वजनिक नतिजा अनुसार ३ क्षेत्रका नेपाली कांग्रेस विजयी भएको छ भने १ क्षेत्रका नेकपा एमाले विजयी भएको छ ।
मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली, मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ र काठमाडौं १ का कांग्रेसकै प्रकाशमान सिंहले जित हासिल गरेका छन् ।
त्यस्तै, ललितपुर २ मा एमालेका प्रेमलाल महर्जन विजयी भएका छन् । अहिले अन्य क्षेत्रहरुको पनि धमाधम मतगणना भइरहेको छ ।