काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् ।
मतगणनाको सुरुवाती समयमा पछि परेका रवि पछिल्लो परिणाम अनुसार पहिलो स्थानमा उक्लेका हुन् ।
मंगलबार बिहान ७ बजेसम्मको मतगणना अनुसार रविले ३९४९ मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ७७२ मतले अघि छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३१७७ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले २७१२ मत पाएका छन् ।