नेपाल लाइफद्वारा ५४.७६ अर्ब दबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी, र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरेको हो ।

योसँगै अन्य शिर्षक बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५.९४ अर्ब कम्पनीले दाबी भुक्तानी गरिसकेको जनाएको छ ।

बीमित र बीमक बिचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथा समयमा भुक्तानी गर्न नेपाल लाइफ सदैव तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्ति पश्चात गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दाबी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ । तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्छ ।

त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको छ । यस कम्पनीले सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको जनाएको छ ।

कच्चा तेलको मूल्यमा गिरावट, प्रति ब्यारल कति पुग्यो ? Read Previous

कच्चा तेलको मूल्यमा गिरावट, प्रति ब्यारल कति पुग्यो ?

निर्वाचन २०७९ : पुराना उम्मेदवारलाइ नयाँको टक्कर, कहाँ को अघि ? Read Next

निर्वाचन २०७९ : पुराना उम्मेदवारलाइ नयाँको टक्कर, कहाँ को अघि ?