कच्चा तेलको मूल्यमा गिरावट, प्रति ब्यारल कति पुग्यो ?

काठमाडौं। गत वर्षदेखि रुस र युक्रेन युद्धले उकालो लागेको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । गत महिनादेखि १०० डलरको आसपासमा रहेको प्रतिब्यारल कच्चा तेलको मूल्य सोमबार घेटेर ७९ डलरमा झरेको हो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा डब्ल्युटीआई (वेस्ट टेक्सास इन्टरमिडियट)को प्रति ब्यारल ७९ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडको पनि सोमबार प्रति ब्यारल ८६ डलरमा कारोबार भएको छ।

घटदो माग र आपूर्तिमा आएको कमीले सोमबार तेलको मूल्य एक वर्षअगाडिको अवस्थामा पुगेको छ । युद्धका कारण पश्चिमा देशरले रुसमाथि लगायको प्रतिबन्धले आपूर्ति प्रणालीमा असर पारेसँगै युरोपमा इन्धन संकट बढेको थियो ।

चीनले अक्टोबरमा आफ्नो डिजल निर्यात एक वर्ष अघिको तुलनामा झण्डै दोब्बर बढाएर १.०६ मिलियन टन पुर्‍याएको छ भने यो मात्रा सेप्टेम्बरको १.७३ मिलियन टनभन्दा निकै कम थियो।

पोखरा विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ सुरू Read Previous

पोखरा विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ सुरू

नेपाल लाइफद्वारा ५४.७६ अर्ब दबी भुक्तानी Read Next

नेपाल लाइफद्वारा ५४.७६ अर्ब दबी भुक्तानी