आइएमई पेको हवाई यात्रा अफर, १ रुपैयाँमै जहाजको टिकट

काठमाडौं । आइएमई पेले आसन्न आम निर्वाचनलाई मध्येनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रू. १ मा सो टिकट प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ ।

यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले रू.१ बाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप पाउने छन् ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ रू. १ मा हवाई टिकट अफर सार्वजनिक गरिएको हो ।

अफर कात्तिक ३० देखि मंसिर ९ गरी जम्मा १० दिनसम्म लागू हुनेछ ।

 

घरजग्गा व्यवसायमा मन्दी : किनबेच आधा घट्यो, यी हुन् धेरै कारोबार भएका ठाउँ Read Previous

घरजग्गा व्यवसायमा मन्दी : किनबेच आधा घट्यो, यी हुन् धेरै कारोबार भएका ठाउँ

कालिञ्चोक केबलकारले पायो आइपीओ जारी गर्न अनुमति Read Next

कालिञ्चोक केबलकारले पायो आइपीओ जारी गर्न अनुमति