काठमाडौं । कालिञ्चोक केबलकार दर्शन प्रालिले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्प्नीलाई १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो ।दोलखाको कालिञ्चाकमा केबलकार संचालन गरिरहेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।
निष्काशन हुने कुल आइपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई १० प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँको जारी गर्ने कम्पनीले जनाएको छ । सोपछि सर्वसाधरणका लागि जारी गर्नेछ ।
कम्पनीले आइपीओ निष्काशन गर्न यसअघि नै नबिल इन्भेष्टमेन्टलाई सेयर विक्री प्रबन्धक तथा निष्काशकमा नियुक्त गरिसकेको छ ।