एनएमबी बैंकले ‘मान्यजन बचत खाता’मा उच्चतम ब्याज दिने

काठमाडौं । एनएमबी बैंकले एनएमबी मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मध्येनजर राखी बनाइएको हो ।

९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरूलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ ।

एनएमबी बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कालिञ्चोक केबलकारले पायो आइपीओ जारी गर्न अनुमति Read Previous

कालिञ्चोक केबलकारले पायो आइपीओ जारी गर्न अनुमति

१ किलो बन्दाको मूल्य : बारीमा १२, बजारमा १५० रुपैयाँ ! Read Next

१ किलो बन्दाको मूल्य : बारीमा १२, बजारमा १५० रुपैयाँ !