माछापुच्छ्रे बैंकमा ११५ जनालाई रोजगारीको अवसर

काठमाडौं । माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारीको लागि रोजगारीको अवसर प्रदान गरेको छ ।

 

बैंकले काठमाडौं उपत्यका भित्र वा बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन खुल्ला गरेको छ ।

 

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । यस्तै अर्थशास्त्रमा ६० प्रतिशत वा सिजिपिएमा ३.२५ भन्दा बढि ल्याउनेले आवेदन दिन पाइने प्रष्ट पारेको छ ।

 

यस्तै, जुनियर एसिटेन्टका लागि व्यवस्थापनमा स्नातक वा सो सरह कम्तीमा ५५ प्रतिशत ल्याइ उतिर्ण गरेको हुनुपर्ने बैंकले बताएको छ ।

 

बैंकमा आवेदन दिन चाहनेले बैंकको वेबसाइटमा गएर अनलाइन फर्म भर्न सकिने छ । बैंकले कार्तिक १३ भित्रमा आवेदन दिनुपर्ने बताएको छ ।

 १ वर्षमै थपिए ४३ लाख निक्षेप खाता, बैंकको शाखा संख्या ५१ सय पुग्यो Read Previous

 १ वर्षमै थपिए ४३ लाख निक्षेप खाता, बैंकको शाखा संख्या ५१ सय पुग्यो

बजेट खर्च सुस्त: ३ महिनामा कूल बजेटको ११% मात्र खर्च, असारे विकासमै बजेट सक्ने संकेत Read Next

बजेट खर्च सुस्त: ३ महिनामा कूल बजेटको ११% मात्र खर्च, असारे विकासमै बजेट सक्ने संकेत