हुन्डाईका विद्युतीय गाडी किन्न ग्लोबल आइएमई बैंकले सहुलियत ब्याजमा ऋण दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।का जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।

आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । यो सुविधा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे, रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवाल, लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलिया लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले २९२ शाखा, २७० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दैआएको छ ।

विकास बजेट खर्च कछुवाको गतिमा, ४ महिनामा जम्मा ७ प्रतिशत खर्च Read Previous

विकास बजेट खर्च कछुवाको गतिमा, ४ महिनामा जम्मा ७ प्रतिशत खर्च

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था Read Next

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था