आजदेखि जनकपुर-जयनगर रेल सेवा बन्द

काठमाडौं । जनकपुर–जयनगर रेल सेवा आजदेखि ४ दिन बन्द भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका मंसिर १ गतेदेखि मंसिर ४ गतेसम्म रेवा सेवा बन्द गरिएको हो ।

रेलवे कार्यालयले एक सूचना जारी गर्दै ४ दिन रेल सेवा बन्द रहने जानकारी गराएको हो । ५ गतेदेखि रेल सेवा नियमति रुपमा संचालन हुने कार्यालयले जनाएको छ ।

निर्वाचनको समयमा सीमा नाका बन्द हुने भएकाले रेल सेवा बन्द गरिएको हो । निर्वाचनका लागि ३ दिन देशभरका सबै सीमानाका बन्द हुने छन् ।

आरएमसी फुड्सको ‘न्यूट्रिप्लस’ खानेतेल बजारमा Read Previous

आरएमसी फुड्सको ‘न्यूट्रिप्लस’ खानेतेल बजारमा

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी