काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । बुधबार १३ अंकले बढेको नेप्से आज २५ अंकले बढेको छ ।
सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम दोब्बरले बढेर झन्डै पौने २ अर्ब पुगेको छ ।
बिहीबार नेप्से १२५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको छ । यसदिन २२३ कम्पनीको १ अर्ब ७१ करोड रुपैयाँ बढीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.१४ प्रतिशतले बढेको छ ।
आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट १३ करोड र हिमालयन डिस्ट्रीलरी १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् भने सयपत्री हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
यसैगरी, बोटलर्स नेपाल तराई ७.५१, रिडी पावर ६.०३, पञ्चकन्या माइ, युनियन, सामलिङ पावर, हिमालयन पावर, मध्येभोटेकोशी, जोशी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।