चुनावका दिन सार्वजनिक सवारी नचल्ने, पास भएका भने चल्न पाउने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मङ्सिर ४ गते काठमाडौँ उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् ।
निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बुधबारबसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए ।

निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले उल्लेख गरे । मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, विक्रीवितरण र सेवनमा रोक लगाउने बैठकले निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक मङ्सिर १ र २ गते तीनवटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।

५ हजार सवारीसाधन अट्ने भूमिगत पार्किङ बनाउँदै महानगर, डीपीआरको तयारी Read Previous

५ हजार सवारीसाधन अट्ने भूमिगत पार्किङ बनाउँदै महानगर, डीपीआरको तयारी

१४० मेगावाटको तनहुँ जलविद्युतको एक तिहाई सुरुङ खनियो, ४७५ जनशक्ति परिचालन Read Next

१४० मेगावाटको तनहुँ जलविद्युतको एक तिहाई सुरुङ खनियो, ४७५ जनशक्ति परिचालन