शिवम् सिमेन्टको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३१.९४ प्रतिशतले बढेको छ ।

कम्पनीले असोज मसान्तसम्म २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ८ करोड बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा २० करोड ६८ लाख नाफा कमाएको थियो ।

सञ्चालन आम्दानी घटे पनि अन्य आम्दानी बढ्दा र खर्च नियन्त्रण गर्दा कम्पनीको नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ३०.४६ प्रतिशतले घटेर १ अर्ब ५३ करोडमा सीमित भएको छ । कम्पनीको अन्य आम्दानी भने ३२४८.४३ प्रतिशतले बढेको छ ।

त्यस्तै, कुल खर्च २०.०३ प्रतिशतले घटाउन सफल भएको छ । समीक्षा अवधिमा कुल खर्च १ अर्ब ९७ करोडबाट १ अर्ब ५७ करोडमा झारेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँबाट बढेर २४.९८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१६.०९ रुपैयाँ छ ।

टी-२० विश्वकपको उपाधि इंग्ल्याण्डको पोल्टामा Read Previous

टी-२० विश्वकपको उपाधि इंग्ल्याण्डको पोल्टामा

डिप्रोक्स लघुवित्तको नाफा झन्डै आधा घट्यो, खराब कर्जा ५ गुणा बढ्यो Read Next

डिप्रोक्स लघुवित्तको नाफा झन्डै आधा घट्यो, खराब कर्जा ५ गुणा बढ्यो