टी-२० विश्वकपको उपाधि इंग्ल्याण्डको पोल्टामा

काठमाडौं । इंग्ल्याण्डले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार अस्ट्रेलियाको मेलबर्नमा भएको फाइनल खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि चुमेको हो ।

इंग्ल्याण्डले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । यसअघि सन् २०१० मा ट्रफी जितेको थियो ।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो । इंग्ल्याण्डका लागि बेनस्टोकले अर्धशतकीय पारी खेल्दै टिमलाई जित दिलाए । उनले ४८ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ५२ रन जोडे । पाकिस्तानका लागि ह्यारिस राउफै २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो । पाकिस्तानका शान मसूदले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ इंग्ल्याण्डमा साम करणले ३ ३ विकेट लिए ।

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने Read Previous

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने

शिवम् सिमेन्टको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था Read Next

शिवम् सिमेन्टको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था