ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको स्वाप रेसियो टुंगियो

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (डीडीए रिपोर्ट) र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।

अर्थात् बैंक अफ काठमाण्डुमा १०० कित्ता सेयर हुनेले मर्जरपछि पनि १०० कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए ।

सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ । दुवै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए ।

मर्जरपछि कुल चुक्तापुँजी रु ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ ।

चुनावका दिन सवारीसाधन चलाउन क-कसले पास लिनुपर्दैन ? Read Previous

चुनावका दिन सवारीसाधन चलाउन क-कसले पास लिनुपर्दैन ?

नेप्सेको ओरालो यात्रा जारी, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेको ओरालो यात्रा जारी, यी हुन् धेरै मूल्य घट्ने कम्पनी