चुनावका दिन सवारीसाधन चलाउन क-कसले पास लिनुपर्दैन ?

काठमाडौं । आगामी मंसिर ४ गते स्थानीय तहको चुनाव हुने दिन १ दर्जन बढी क्षेत्रका व्यक्तिले सवारीसाधन चलाउन अनुमतिपत्र लिनु नपर्ने भएको छ ।

निर्वाचन आयोगका सो दिन अत्यावश्यक सेवा अन्तर्गत विभिन्न क्षेत्रका सवारीसाधन पास नलिई चलाउन पाइने व्यवस्था गरेको हो ।

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा, संचार माध्यम र कुटनीतिक नियोग (नम्बर प्लेटमा सिडी) उल्लेख भएको कुटनीतिक नियोगको सवारीसाधनले पास लिनुपर्दैन।

यस्तै, शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने छन् । यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ।

यस्तै, अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ।

पर्यटकलाई सहरभन्दा गाउँ प्यारो, घान्द्रुकमा बास पाउनै मुस्किल Read Previous

पर्यटकलाई सहरभन्दा गाउँ प्यारो, घान्द्रुकमा बास पाउनै मुस्किल

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको स्वाप रेसियो टुंगियो Read Next

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको स्वाप रेसियो टुंगियो