नेप्सेको ओरालो यात्रा जारी, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । गत साता औसतमा दैनिक १ अर्ब कारोबार हुँदै आएकोमा आज पौने १ अर्बमा सीमित भएको छ ।

आइतबार नेप्से १०.५४ अंकले घटेर १८८३.१७ विन्दुमा आइपुगेको छ । यसदिन २२५ कम्पनीको ७७ करोड ४९ लाख रुपैयाँ बढीको २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्तको सवा २ करोड र नबिल बैंक २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज निर्धन उत्थान लघुवित्तका सेयरधनीले सर्वाधिक ६.४० प्रतिशत गुमाएका छन् । त्यस्तै, मनकामना स्मार्ट लघुवित्त ५.१८, आशा लघुवित्त, मिथिला लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको स्वाप रेसियो टुंगियो Read Previous

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको स्वाप रेसियो टुंगियो

'फेवाताल'को झल्को मेट्ने शिवपुरीको 'विशाल ताल' (फोटोफिचर) Read Next

'फेवाताल'को झल्को मेट्ने शिवपुरीको 'विशाल ताल' (फोटोफिचर)