काठमाडौं । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद प्रमोदकुमार साहलाई ७ दिनभित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यदि कारबाही नभए असुरक्षाको कारण उडान बन्द गरिने जानकारी गराएको छ।उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।
राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड गरेको संघले आरोप लगाएको छ।