१ महिनामा पाइपलाइनबाट ४ करोड लिटर डिजेल आयात

काठमाडौं । नेपाल तथा भारतका प्रधानमन्त्रीले भदौ २४ गते संयुक्त रुपमा उद्घाटन गरेको नेपाल–भारत पेट्रोलियम पाइपलाइन (भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म) सञ्चलनमा आएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा सो पाइपलाइनबाट करिब सवा चार करोड लिटर बराबरको डिजेल आयात भएको छ।

 

असोज २७ गतेसम्म अमलेखगञ्ज पाइपलाइनबाट ४ करोड २७ लाख ८७ हजार लिटर डिजेल आयात भएको नेपाल आयल निगम लिमिटेडले जानकारी दिएको छ।

 

उक्त डिजेल भैरहवा, पोखरा, थानकोट, विराटनगर लगायतका डिपोमा माग गरे बमोजिमको डिजेल उपलब्ध गराउँदै आएको निगमले बताएको छ।

 

निगमका अनुसार पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि इन्डियन आयल कर्पोरेशनको डिपो तथा बरौनी, बैतलापुर, मुगलसराई, गोडा लगायतका रिफाइनरीबाट डिजेल आयात गर्न बन्द गरिएको छ।

नेपाल एसबीआई बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने Read Previous

नेपाल एसबीआई बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी Read Next

बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी