काठमाडौं । नेपाल एसबीआई बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ‘१०% एसबीआई बैंक डिबेन्चर २०८६’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ । यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउने छन्।
बैंकले १ हजार रुपैयाँ अंकित दरमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कुल निष्काशनमध्येको ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई दिने भएको छ । यस्तै ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बैंक आफैंले ब्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ता तथा विभिन्न संघ संस्थाहरुलाई बिक्री गर्ने छ ।
बैंकको ऋणपत्रको बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्ने छ ।बैंकको ऋणपत्रलाई इक्रा नेपालबाट उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ पाएको छ।