१४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने क्यानडाको घोषणा

काठमाडौं । क्यानडाले आगामी ३ वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने घोषणा गरेको छ । क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरेका हु्न् ।

उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ ४ लाख ५० हजार आप्रवासी भित्र्याउने बीबीसीले उल्लेख गरेको छ । सन् २०२४ मा ४ लाख ८५ हजार र २०२५ सम्ममा ५ लाख आप्रवासीसम्मलाई त्यस्तो अनुमति दिनेछ। यसबाट नेपालीहरु समेत लाभान्वित हुन सक्नेछन् ।

क्यानडा सरकारको प्रारम्भिक लक्ष्यभन्दा करिब १३ प्रतिशत बढाउँदै नयाँ संख्या घोषणा गरिएको हो । त्यसरी क्यानडाले आप्रवासीहरूलाई स्वागत गर्ने नीति लिनुको कारण उक्त देशमा देखिएको कामदारको कमीलाई पूर्ति गर्नु हो।

अहिले पनि त्यहाँ हजारौँ जागिर खुले पनि दक्ष जनशक्तिको अभावमा त्यसको पूर्ति हुन सकेको छैन। क्यानडाको घोषणा ब्रिटेन जस्ता देशहरूले अपनाएको कडा आप्रवासी नीति विपरीत हो। अमेरिकामा पनि पछिल्ला निर्णयहरूले आप्रवासी नीति कडा पारिएको देखाएका छन्।

कोभिड महामारीका बेलामा खुला भएका पदहरूमा पनि जनशक्ति पूर्ति नभएपछि अहिले क्यानडाले लचिलो नीति लिएको हो। सरकारले सङ्केत गरे अनुसार धेरै क्यानेडियनहरूले जागिरबाट अवकाश लिइरहेका छन् र उनीहरूले छाडेपछि खाली भएको स्थान रिक्त नै रहेको छ।

यो कार्यक्रमले हाल सरकारी सहायतामा निर्भर रहेका शरणार्थीहरूको पुनर्वास पनि बढाउन खोजेको छ । यति ठूलो सङ्ख्यामा आप्रवासीहरूलाई स्वागत गर्न लागेको यो पहिलो पटक हो । एजेन्सी

पर्यटक आगमन उत्साहजनक, एक महिनामै भित्रिए ८८ हजार विदेशी Read Previous

पर्यटक आगमन उत्साहजनक, एक महिनामै भित्रिए ८८ हजार विदेशी

चुनावी माहोलसँगै तात्दै सेयर बजार, यस कारण बढ्दै छ Read Next

चुनावी माहोलसँगै तात्दै सेयर बजार, यस कारण बढ्दै छ