पर्यटक आगमन उत्साहजनक, एक महिनामै भित्रिए ८८ हजार विदेशी

काठमाडौं । कोरोना कहरको प्रभाव कम हुँदै गएसँगै विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । पछिल्लो दस महिनाको अवधिमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ४ लाख ७३ हजार ५६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

अक्टोबरमा मात्रै ८८ हजार ५८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी सङ्ख्या हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार ५८९ पर्यटक नेपाल भित्रिएका थिए ।

सेप्टेम्बरमा ५८ हजार ३१४, अगष्टमा ४१ हजार ३०४, जुलाईमा ४४ हजार ४६२ र जुनमा ४६ हजार ९७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार ६०८, मार्चमा ४२ हजार ६, फेब्रुअरीमा १९ हजार ७६६ र जनवरीमा १६ हजार ९७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो ।

तनहुँमा संचालनमा आयो जीपलाइन, खाजासेट सहितको प्याकेज Read Previous

तनहुँमा संचालनमा आयो जीपलाइन, खाजासेट सहितको प्याकेज

१४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने क्यानडाको घोषणा Read Next

१४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने क्यानडाको घोषणा