काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको कात्तिक १८ गते बसेको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ (करसहित)नगद गरी कुल २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको लाभांश अघिल्लो वर्षकोभन्दा दोब्बर बढी हो । बैंकले आव २०७७/७८ मा १०.३२ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।