जाल्पा लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । जाप्ला सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको कात्तिक १९गते बसेको बैठकले सेयरधनीलाई ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ३.८४ प्रतिशत नगदसहित कुल ७६.८४प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

गत वर्ष प्राथमिक साधरण सेयर जारी गरेको लघुवित्तले पहिलोपटक लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

एभरेष्ट बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा दोब्बर बढ्यो Read Previous

एभरेष्ट बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा दोब्बर बढ्यो

जयनगर-कुर्था रेल ३ दिन ‘अनटाइम्ली’ सञ्चालन हुने Read Next

जयनगर-कुर्था रेल ३ दिन ‘अनटाइम्ली’ सञ्चालन हुने