मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालीन बन्द

काठमाडौं । आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै मंसिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द हुने विभागको भनाइ छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको विभागले जनाएको छ ।

७ वाणिज्य बैंकको लाभांश घोषणा, ३ वटाले नगद मात्रै दिने, कुनको कति ? Read Previous

७ वाणिज्य बैंकको लाभांश घोषणा, ३ वटाले नगद मात्रै दिने, कुनको कति ?

महिला उद्यमी हस्तकला मेला सुरू Read Next

महिला उद्यमी हस्तकला मेला सुरू