७ वाणिज्य बैंकको लाभांश घोषणा, ३ वटाले नगद मात्रै दिने, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले धमाधम गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् । यसैक्रममा, हालसम्म ७ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छ ।

गत आवको नाफाबाट सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक, एनसीसी बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका अधिकांश बैंकहरूले नगद लाभांशमा जोड दिएका छन् । नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा लगाएको सीमा हटाएसँगै बैंकहरूले नगद लाभांश्मा जोड दिएका हुन् ।

लाभांश घोषणा गरेका ७ बैंकमध्ये बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यसैगरी, ग्लोबल आइएमईले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, एनसीसी बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ६.६३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कुमारी, सिटिजन्स र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने बोनस सेयर दिएक छैनन् । यी तिनै बैंकले नगद लाभांश मात्र घोषणा गरेका छन् । स्ट्याण्डर्ड चार्टर्डले १६.५१ प्रतिशत, कुमारी बैंकले १२.५ प्रतिशत र सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेकामध्ये सिटिजन्स बैंकले साधरणसभाबाट समेत पारित गरिसकेको छ । एनसीसी र कुमारीले बैंकले साधरण सभाको मिति तोकिसकेका छन् । जसमा एनसीसीले बुकक्लोजसमेत गरिसकेको छ । अरु बैंकले साधरण सभाको मिति तोकेका छैनन् ।

अझै, सिटिजन्स र एनसीसी बाहेक अरु बैंकको सेयर किन्दा प्रस्तावित लाभांश पाइन्छ ।

सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश, केन्द्रीय कारागारमा राखिने Read Previous

सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश, केन्द्रीय कारागारमा राखिने

मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालीन बन्द Read Next

मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालीन बन्द