नेपाल बैंकको कार्ड होल्डरले दराजमा ३ हजारसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको ८६औं वार्षिकोत्सको अवसरका साथै दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यो योजना कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने बताइएको छ । सम्झौता पत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले दराजद्वारा ११:११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्मको छुट पाउने छन्।

साथै क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्ने बताइएको छ।

नेपालमै उत्पादन हुने वस्तु आयातमा प्रतिबन्ध नलगाइ कसरी घट्छ व्यापार घाटा ? Read Previous

नेपालमै उत्पादन हुने वस्तु आयातमा प्रतिबन्ध नलगाइ कसरी घट्छ व्यापार घाटा ?

सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश, केन्द्रीय कारागारमा राखिने Read Next

सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश, केन्द्रीय कारागारमा राखिने